डाटा सेन्टर, कोहलपुरले सरकारी कार्यालयहरूका लागि सुरक्षित, भरपर्दो तथा व्यवस्थित सर्भर कोलोकेसन सेवा प्रदान गर्दछ। यस सेवामार्फत सरकारी कार्यालयहरूले आफ्ना भौतिक सर्भर तथा आवश्यक उपकरणहरूलाई सुरक्षित र व्यावसायिक रूपमा व्यवस्थापन गरिएको डाटा सेन्टरको वातावरणमा राखी सञ्चालन गर्न सक्नेछन्।

यस सेवाअन्तर्गत भरपर्दो विद्युत् आपूर्ति, उच्च क्षमताको नेटवर्क कनेक्टिभिटी, भौतिक सुरक्षा, वातावरणीय निगरानी तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ। कोलोकेसन सेवाले सरकारी प्रणाली, एप्लिकेशन तथा संवेदनशील डाटाको सुरक्षित सञ्चालन सुनिश्चित गर्नुका साथै सर्भर सञ्चालनसम्बन्धी जोखिम न्यूनीकरण र डाउनटाइम न्यून गर्न सहयोग पुर्याउँछ।

प्रक्रिया:

  • सम्बन्धित सरकारी कार्यालयबाट सेवा आवश्यकतासहितको आधिकारिक अनुरोध पत्र ।